नेपाली वा विदेशी नागरिकले पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा साथमा बोकेर नेपाल आउँदा भन्सार घोषणा नगर्नुपर्ने सबैलाई स्मरण गराएको छ।
पाँच हजार डलरसम्मको मुद्रा भन्सार घोषणा बिना नेपाल भित्र्याउन सकिने वयवस्था रहेको नेपाल राष्ट्र बैंकले स्पष्ट पारेको हो।
भन्सार घोषणा नगरी पाँच हजार डलरसम्मको विदेशी मुद्रा नेपाल भित्र्याउन सकिन्छ। तर, पाँच हजार अमेरिकी डलरभन्दा बढीको नगद भित्र्याउनु परेमा भन्सार घोषणा अनिवार्य हुने व्यवस्था रहेको राष्ट्र बैंकले मंगलबार सूचना प्रकाशित गरेर जानकारी गराएको हो।
पाँच हजार अमेरिकी डलरभन्दा बढीको विदेशी मुद्रा भित्र्याउन भने भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था छ।
त्यस्तै, सन् २०१६ नोभेम्बर ९ भन्दा पहिले चलनमा रहेका पाँच सय र एक हजार दरका भारतीय नोटका साथै, दुई सय, पाँच सय र दुई हजार दरका हालका नोट कारोबार र ओसार–पसार निषेध गरिएको छ।
नेपाली नागरिकले भारत बाहेक अन्य मुलुकमा भारतीय रूपैयाँ लैजान वा अन्य मुलुकबाट ल्याउन पाउदैतत्।