नेप्से परिसूचक २७ सय विन्दुमा अडिने प्रयासमा देखिएको छ। लगातार घटिरहेको बजार बिहीबार २७ सय विन्दुसम्म ओर्लिएर त्यसतहबाट सामान्य बढेको हो।
बजार बन्द हुँदा भने नेप्से परिसूचक ६.५५ अंकले घटेर २७१९ मा आएर बजार बन्द भएको छ।
बजार घटेपनि कारोबार रकम भने बढेको छ। बुधबार बजारमा चार अर्ब ७२ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार पाँच अर्ब १४ करोड रूपैयाँको कारोबार भएको हो।
बुधबार देखि नै कारोबार रकममा सुधार भइरहेको छ। बजार घटेको समयमा लगानीकर्ताहरूले खरिददारी बढाइरहेको यसले संकेत गर्छ।
यसदिन व्यापार मुलक समूह र सामूहिक लगानी कोष समूहमा मात्रै सुधार आएको छ। यी समूहगत परिसूचक क्रमशः ०.५८ र ०.१३ प्रतिशतले बढेको छ।
होटल र अन्य परिसूचक सबैभन्दा धेरैले घटेका छन्। यी समूहमा क्रमशः ०.६५ प्रतिशत र ०.५० प्रतिशतले घटेको छ।
कारोबारमा आएका तीन सय १७ लगानी उपकरणमध्ये एक सय १८ वटाको मूल्य बढेको छ भने एक सय ८६ वटाको मूल्य घटेको छ।
बाँकीको मूल्य स्थिर छ।
केही दिन अघि सूचीकरण भएको हिमस्टारको सेयर मूल्य सबैभन्दा धेरै करिब १० प्रतिशतले बढेर सर्किट बे्रक लागेको छ। कम्पनीको सेयर तीन सय ५५ रूपैयाँमा कारोबार भएको छ।
बाराही हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.८३ प्रतिशतले घटेर सात सय २० रूपैयाँमा सीमित भएको छ।
नेपाल पुनर्बीमाको सेयर मूल्य सबैभन्दा धेरै ३५ करोड रूपैयाँको सेयर कारोबार भएको छ।