स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडले थ्रिडीएस एक्सेस कन्ट्रोल सर्भर सेवा सफलतापूर्वक सुरुआत गरेको छ।
एक्सेस कन्ट्रोल सर्भर विश्वव्यापी थ्रिडी प्रोटोकलको महत्वपूर्ण अंग हो। यसले कार्डबाहकहरूलाई अनलाइन कारोबार गर्दा आफ्नो प्रमाणीकरण प्रक्रियालाई सहज बनाउँछ र ठगीविरुद्ध उच्च स्तरको सुरक्षा दिन्छ।
ग्लोबल आइएमइ बैंक नेपालमा एससिटी को थ्रिडीएस एक्सेस कन्ट्रोल सर्भर सेवामा आबद्ध हुने पहिलो बैंक बनेको छ।
त्यससँगै, एनएमबी बैंकले पनि यो सेवा लिइरहेको छ। यी सहकार्यहरुमार्फत बैंकका कार्डबाहकहरूले अब गर्ने अनलाइन कारोबार गर्दा अझ सुरक्षित भएको छ।
नेपालमा डिजिटल भुक्तानी क्षेत्रमा एससिटीले सुरु गरिएको एक्सेस कन्ट्रोल सर्भर सेवा नयाँ विकास क्रम हो। यसले अनलाइन कारोबार गर्दा वास्तविक समयमै प्रमाणीकरण गर्ने र यसले ठगी रोकथाममा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अनलाइन किनमेल, टिकटिङ, र अन्य भुक्तानी अनुभवलाई अझ सुरक्षित र विश्वासिलो बनाउने छ।
यसले डिजिटल भुक्तानीमा ग्राहकको विश्वास बढाउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रादायक संस्थाहरूको सुरक्षाका मापदण्ड सरह हुने मानिएको छ।