साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ११ अंकले घटेको छ।
यसदिन नेप्से परिसूचक ११.५२ अंकले घटेर २७०८.२५ बिन्दुमा आइपुगेको हो। त्यस्तै चार अर्ब ४० करोड २७ लाख रूपैयाँको कारोबार भएको छ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये वित्त कम्पनी, उत्पादनमूलक तथा प्रशोधन, र सामुहिक लगानी कोष बढेका छन्। अरू सबै समूहगत परिसूचक घटेका छन्।
यसदिन तीन सय ३४ वटा लगानी उपकरणको कारोबार भएकोमा ७९ वटाको मूल्य बढ्यो भने एक सय ७३ वटाको मूल्य घट्यो। बाँकीको स्थिर रह्यो।
यसदिन हिम स्टार उर्जाको सेयर मूल्य सबैभन्दा धेरै ९.७ प्रतिशतले बढेर ३१९.४० रूपैयाँमा कारोबार भएको छ।
त्यस्तै पञ्चकन्यामाइ हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ४.६२ प्रतिशतले घटेर ३५६.८१ रूपैयाँमा कारोबार भएको छ।