धितोपत्र बोर्डले लगानीकर्ताहरूको माग पुरा गर्ने प्रतिबद्धता जनाएको छ।
पुँजी बजार सुधार कार्यदलले बुझाएको प्रतिवेदन अनुसार विभिन्न समयसीमा तोकेर सुझाएका सुधारका काम कार्यान्वयनमा गइरहेको बोर्डले उल्लेख गरेको छ।
बोर्डले धितोपत्र बजार सम्बन्धी लगानीकर्ताले बोर्डमा पेश गरेको सुझाव तथा उठान गरेका विभिन्न विषयहरूको प्रक्रिया अगाडि बढाउने विषयमा बोर्ड प्रतिबद्ध रहेको समेत उल्लेख गरेको छ।
प्रतिवेदनले २०८२ कात्तिक भित्र मार्जिन कारोबार प्रणाली कार्यान्वयन गर्ने र सिडिएससीमा रहेको आइएसआइएनमा एकरूपता ल्याउनुपर्ने उल्लेख छ।
त्यस्तै, कम्पनीहरूले बोनस सेयरमा लाग्ने कर आफैले तिर्ने व्यवस्था तत्काल गराउनुपर्ने, कात्तिक १५ भित्र लगानीकर्ताले एकभन्दा बढी सेयर खाता खोल्न सक्ने व्यवस्था गर्ने, सेयर ब्रोकरले लगानीकर्तालाई तिर्नुपर्ने रकम समयमै तिर्नुपर्ने गरेर एक रूपता कायम गर्नुपर्ने सुझाव प्रतिवेदनले दिएको छ।
सूचीकृत कम्पनीहरूको वर्गिकरण वस्तुनिष्ठ बनाउनुपर्ने, लगानीकर्ताको गुनासो सुनवाईको लागि संयन्त्र बनाउने लगायतका काम तोकिएका छन्।
