मंगलबार सेयर बजार परिसूचक नेप्से  घटेको छ। नेप्से परिसूचक २७.६४ अंकले घटेर २५९५  विन्दुमा आइपुगेको हो। 
यसदिन कारोबार रकम पनि घटेको छ। सोमबार ६ अर्ब पाँच करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार पाँच अर्ब १५ करोड  रूपैयाँको कारोबार भएको हो।  
कारोबारमा आएकामध्ये वित्त समूह सबैभन्दा धेरैले घटेको छ। यो समूहमा दुई प्रतिशतभन्दा धेरैले ह्रास आएको छ। 
यसदिन तीन सय २२ लगानी उपकरण कारोबारमा आउँदा ५९ वटाको मूल्य बढेको छ। दुई सय ४९ वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ। 
आजबाट कारोबारमा आएको माबिलुङ्ग इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ। 
पहिलो कारोबार तीन सय १७ रूपैयाँबाट भएकोमा बजार बन्द हुँदा कम्पनीको मूल्य तीन सय ४० रूपैयाँ पुगेको छ। 
मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर सर्किट ब्रेक लागेको छ। कम्पनीको प्रतिकित्ता एक हजार चार सय ५५ रूपैयाँमा सोमबार अन्तिम कारोबार भएको छ। 
यसदिन एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सबैभन्दा धेरै रकमको कारोबार भएको छ। कम्पनीको २७ करोड रूपैयाँको सेयर किनबेच भएको हो।