जेनजी आन्दोलनपछि सञ्चालनमा आउन नसकेको तारागाँउ रिजेन्सी (हायात होटल) को सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ।
कम्पनीले कर बाहेक पाँच प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
कम्पनीको लाभांश प्रस्ताव साधारण सभाबाट पारित हुन बाँकी छ।
यस अघि कम्पनीले ११ प्रतिशत नगद लाभांश दिएको थियो। हाल कम्पनीको सेयर सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
भदौ २३ र २४ गते आन्दोलनका क्रममा होटल परिसरमा तोडफोड र आगजनी हुँदा संरचना र उपकरणमा ठूलो क्षति पुगेको हो।
सुरक्षा जोखिम र मर्मत–पुनर्निर्माणको आवश्यकता देखिएकाले करिब एक वर्षको लागि होटलको सम्पूर्ण व्यवसायिक सेवा बन्द छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार होटल दुई करोड ३७ लाख रूपैयाँ नोक्सानमा छ।