नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। भारतबाट मूल्य बढेर आएकाले मूल्य समायोजन गरिएको निगमका विरेन्द्र गोइतले जानकारी दिए।
ईण्डियन आयल कर्पोरेशनले १६ डिसेम्बर २०१९ मा पठाएको नयाँ अन्तराष्ट्रिय बजार मूल्य बमोजिमको खरिद मूल्य केही बढाएर पठाएकाले “पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१” आज राति १२ बजेदेखि लागू हुनेगरी डिजल/मट्टितेलको खुद्रा विक्री मूल्यमा प्रति लिटर १ रुपैयाँले बढाइएको उनले जानकारी दिए।
पेट्रोल, हवाई ईन्धन र एल.पि.ग्यासको मूल्य भने यथावत छ।
नयाँ मूल्यअनुसार डिजेल मट्टितेल काठमाडौं लगायतका सहरमा प्रतिलिटर ९८ रुपैयाँ भएको छ।