टायल ब्रान्ड कजारियाले काठमाडौंको जोरपाटीमा अत्याधुनिक शोरूम स्थापना गरेको छ।
जिएनएस ट्रेडर्स द्वारा सञ्चालित यस नयाँ सुविधाले उच्च गुणस्तरका टायलको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ।
कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले कम्पनीले नवप्रवर्तन र ग्राहक सन्तुष्टीलाई प्राथमिकता दिएको बताए।
‘काठमाडौंमा नयाँ शोरूम खोल्दै, हामी उत्कृष्ट डिजाइन, टिकाउपन र केही नयाँ ग्राहकहरूसम्म ल्याउँदैछौं। कजारिया सधैं गुणस्तरको लागि चिनिएको छ, र यो नयाँ शोरूम त्यसैको प्रमाण हो,’ उनले भने।
शोरूममा उच्च गुणस्तरका टायलहरूको प्रदर्शन गरिएको छ। जसले ग्राहकहरूलाई पहुँच र सुविधा दुवै प्रदान गर्दछ।
कजारिया रामेश टायल्स ठूलो टायल उद्योग हो। विश्वस्तरीय मापदण्ड अनुसार तयार गरिएका कजारियाका टायल्स ४ हजारभन्दा बढी डिजाइनमा उपलब्ध छन्। नेपालभर ४५ भन्दाबढी एक्सक्लुसिभ शोरूमहरू र एक सयभन्दा बढी भरपर्दो डिलरहरू छन्।
कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टायल्स, हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स र सिरामिक वाल टाइल्स उपलब्ध गराउँदै आएको छ।