नेपालमा पेप्सी उत्पादन गरिरहेको बरूण वेभरेजले कर छली गरेको भन्दै राजश्व अनुसन्धन विभागले मुद्दा दायर गरेको छ।
बरूणले नक्कली बिल प्रयोग गरि मूल्य अभिवृद्धि तथा आयकर छली गरेको अभियोगमा मुद्दा दायर गरेको हो।
विभागका महानिर्देशक दीर्घराज मैनालीले बरूणले करिब ६४ करोड ९६ लाख कर छली गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको जानकारी दिए।
६४ करोड बिगो र त्यसको दोब्बर जरिवानासहित १ अर्ब ९४ करोड रुपैयाँ र ३ वर्षसम्मको कैद सजाया माग गर्दै मुद्दा दायर गरिएको मैनालीले जानकारी दिए।
बरूणले नक्कली बिलको कारोबार गर्नेहरूसँग मिलेमतो गरी कर छली गरेको विभागको दाबी छ।
उपभोक्ताबाट कर उठाए पनि सरकारलाई कर नदिन नक्कली बिल प्रयोग गरिएको मैनालीले जानकारी दिए।