ललितपुरस्थित 'रैथाने' रेस्टुरेन्टमा पहिलो दिन तरुवा र कागुनोको खीर खाएपछि हामीलाई अन्य स्थानीय परिकार खाने मन भयो।
यो तलतल मेटाउन हामी फेरि रैथाने पुग्यौं। नयाँ परिकार खान र त्यसको बारेमा बुझ्न हामी आतुर थियौं।
मेनु हेर्दै गर्दा हाम्रो आँखा बटुक र चुकाउनी नामक परिकारमा पुग्यो। नेवार समुदायमा बारा पनि भनिने यो परिकार हामीले खाएको बाराभन्दा अलि फरक रहेछ। त्यसैले हामीले यही खाने निधो गर्यौं।
रैथानेका कुकहरूका अनुसार बटुक र चुकाउनी मगर समुदायको चर्चित परिकारमा पर्छ। विशेषगरी यो माघे संक्रान्तिमा खाइन्छ रे।
बटुकलाई अझै स्वादिलो बनाउन योसँगै चुकाउनी खाइँदो रहेछ।
बटुक र चुकाउनी बनाउन धेरै गाह्रो पनि नहुने रैथानेका कुकहरूले बताए। उनीहरुले यसमा केही परिवर्तन नगरी स्थानीय शैलीबाटै पकाउने पनि सुनाए।
यो भिडिओ ब्लगमा हामीले बटुक र चुकाउनी पकाउने तरिका र रैथानेका कुकहरूले यी परिकारबारे बताएका जानकारी समेटेका छौं।
अनि हामीले रैथानेसँगकै सहकार्यमा अर्को परिकारको भिडिओ पनि बनाएका छौं। हेर्दै गर्नुहोला।
यो पनि हेर्नुस्ः यसरी बनाइन्छ रैथाने खाजा तरुवा र कागुनोको खीर (भिडिओ)