तेमाल गाउँपालिका तेमाल गाउँ कार्यपालिकाको कार्यालयको लागि रोजगार संयोजक पदमा रोजगारीको अवसर खुलेको छ।
गाउँपालिकाले करार सेवामा रोजगार संयोजक (स्थानीय तहको छौटौं तह सरह) १ जना कर्मचारी माग गरेको हो।
रोजगार संयोजकको योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ।
इच्छुक आवेदक २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनु पर्नेछ।
आवेदन दस्तुर एक हजार रूपैयाँ लाग्नेछ।
इच्छुकले माघ १३ गते कार्यालय समयभित्र राजस्व तिरेको रसिदसहिद गाउँपालिकाको कार्यालयमा दरखास्त दिनु पर्नेछ।