कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण बिरामी परेका ३५ नेपाली अस्पताल भर्ना भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।
निजहरूमध्ये केहीको मृत्यु भएको दूतावासले जनाएको छ। तर कतिजनाको मृत्यु भएको हो भनेर खुलाएको छैन।
यस्तै, केहीको स्वास्थ्य अवस्था गम्भीर भएको दूतावासले बताएको छ।
दूतावासका अनुसार कतिपय सामान्य अवस्थामा उपचाररत छन्।
दूतावासले बिरामीहरूको उचित उपचारका लागि निरन्तर समन्वय गरिरहेको जनाएको छ।
त्यस्तै, घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थको सेवन नगर्न अनुरोध पनि गरेको छ।