नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल भोलि हुन गइरहेको छ र यसले क्रिकेटप्रेमीहरूको उत्साहलाई चरम उत्कर्षमा पुर्याएको छ।
यो माहोललाई अझ रोमाञ्चक बनाउन, एनसेलले ग्राहकहरूलाई आफूलाई मनपर्ने टिमलाई समर्थन गर्न कल टोन राख्न सकिने सुविधा ल्याएको छ।
यससँगै ग्राहकहरूले एनपिएलका टिमहरूको थिम गीतलाई पर्सनलाइज्ड रिङ ब्याक टोन (पिआरबिटी)का रूपमा आफ्नो फोनमा सेट गर्न सक्छन्।
बिहीबारसम्म, ५० हजारभन्दा बढी एनसेल ग्राहकहरूले एनपिएलका विभिन्न टिमहरूको थिम गीतलाई आफ्नो पिआरबिटीका रूपमा राखिसकेका छन्।
धेरै ग्राहकहरू आफ्नो टिमलाई समर्थन गर्न कल टोन सेट गरिरहेका छन्। ग्राहकहरूले ८ज्ञद्दघ८ट३ डायल गरेर आफूले रोजेको पिआरबिटी राखेर क्रिकेटको माहोललाई थप उत्साहजनक बनाउन सक्छन्।
यो सेवा अन्तर्गत ग्राहकहरूले नर्मल गीतहरू बाहेक अन्य तीन तरिकामा आफ्नो रुचि, मुड, वा विशेष अवसरसँग मेल खाने गरी कल टोन सेट गर्न सक्छन्।
'नेम ट्युन' पिआरबिटी सेवामा ग्राहकहरूले आफ्नो नामलाई कलर टोनको रूपमा सेट गर्न पनि सक्छन्।
त्यसैगरी 'स्टाटस पिआरबिटी' अन्तर्गत निश्चित समयका लागि आफ्नो गतिविधि अनुसारमा टोन राख्न सकिन्छ। जस्तै कुनै ग्राहकले आफूले गाडी चलाइरहेको छ भने उसले फोन गर्नेहरुलाई आफूले गाडी चलाइरहेको जानकारी दिने टोन राख्न सक्छन्।
यसबाहेक 'आफ्नै धुन' पिआरबिटी सेवा अन्तर्गत ग्राहकले आफूलाई मनपर्ने गीत, धुन वा कुनै अडिओ रेकर्ड गरी अपलोड गरेर टोनका रूपमा पनि राख्न सक्छन्।
प्रत्येक पिआरबिटीको शुल्क करसहित मात्र ३१ रूपैयाँ पर्छ र यो ३० दिनसम्म सक्रिय रहन्छ।
यस पिआरबिटी सेवामा सुशान्त केसी, याबेश थापा, भेकजस्ता औद्यी मन पराइएका कलाकारका गीतहरूदेखि लिएर अरु गीतहरू पनि हरेक संगीतप्रेमीको इच्छा अनुसार छान्न सकिन्छ।
आफ्नो पिआरबिटी सेवामा नयाँ र ट्रेन्डिङ गीतहरू नियमित रूपमा थप्ने गरेको एनसेलको भनाइ छ।