नेपालको पहिलो राष्ट्रिय स्पोर्टस् च्याम्पियनसिप फागुन ८ गतेदेखि १० गतेसम्म दशरथ रंगशाला, काठमाडौंमा सुरू भएको छ।
यो प्रतियोगितामा नेपालका उत्कृष्ट स्पोर्टस् खेलाडीहरू पब्जी मोबाइल, मोबाइल लेजेन्ड्स, ब्यांग ब्यांग, इ–फुटबल लगायतका ६ प्रमुख इ–गेमिङ टाइटलहरूमा प्रतिस्पर्धा गरिरहेका छन्।
सामसङ यस ऐतिहासिक इभेन्टको प्रमुख भाग बनेको छ जहाँ प्रोफेसनल गेमरहरूले हालै मात्र सार्वजनिक गरिएको ग्यालेक्सी एस२५ अल्ट्रामा प्रतिस्पर्धा गरिरहेका छन् भने प्रतियोगितामा इ–फुटबल ग्रान्ड फिनाले सामसङ ग्यालेक्सी एस२५ अल्ट्रामा खेलिने छ।
यस इभेन्टमा दर्शकहरूले सामसङका नवीनतम उपकरणहरू र विशेष गरी ग्यालेक्सी एस२५ सिरिजलाई प्रत्यक्ष रूपमा अनुभव गर्न सक्ने छन्।
'सामसङ सधैँ उच्च–प्रदर्शनयुक्त उपकरणहरू प्रदान गर्दै मोबाइल गेमिङ अनुभवलाई नयाँ स्तरमा पुर्याउन प्रतिबद्ध छ। ग्यालेक्सी एस२५ अल्ट्राले गेमिङको अनुभवलाई नयाँ उचाइमा पुर्याएको छ। स्न्यापड्रागन ८ एलिट प्रोसेसर, ६.९–इन्चको इमर्सिभ डिस्प्ले र १२०हर्ज रिफ्रेस रेटको साथ, यो स्मार्टफोन ती गेमरहरूका लागि डिजाइन गरिएको हो, जो पिक पर्फर्मेन्सको माग राख्छन्,' सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने।
'क्वालकम इन्जिनियरहरूसँगको हाम्रो सहकार्यले डिभाइसको स्पिड र तापमान व्यवस्थापनलाई उत्कृष्ट बनाएको छ, जसले गर्दा खेलाडीहरूले कठिन गेमप्लेका दौरान कुनै अवरोध बिना प्रतिस्पर्धा गर्न सक्नेछन्। नेपालको स्पोर्टस् क्षेत्र तीव्र गतिमा अघि बढिरहेको छ, र सामसङ यो यात्रामा नेपाली गेमरहरूलाई यो नयाँ प्रविधिको साथ सहयोग गर्न पाउँदा गर्व गर्छौं,' स्थापितले थपे।
स्पोर्टस् प्रतिस्पर्धाहरू मात्र नभई यो इभेन्टमा दर्शकहरूको मनोरञ्जनका लागि वाङ्देन शेर्पा, कुमा सागर जस्ता चर्चित कलाकारहरूको प्रस्तुति तथा फुड स्टलहरू, इन्टरएक्टिभ एक्सपिरियन्स जोनहरू र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू समेत समावेश गरिएका छन्।