स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिनको तुलनामा यो प्रतितोला ४ सय रूपैयाँले घटी हो। आइतबार सुन प्रतितोला दुई लाख १२ हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ।
आइतबार २५ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला २४ सय ७५ रूपैयाँमा कारोबार भएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३५ सय ८७ रूपैयाँमा कारोबार भइरहेको छ।