नेपाल मेडिसिटी र मेटलाईफ इन्स्योरेन्सले सहकार्य गरेको छ। स्वास्थ्य बीमा प्रति जागरुक बनाई स्वास्थ्य सेवालाई सुलभ गर्न दुई संस्थाबीच सहकार्य भएको हो। नेपाल मेडिसिटी हस्पिटलका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयराम, मेटलाईफ इन्स्योरेन्सका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपालमा सरकारी तथा गैह्रसरकारी सबै स्वास्थ्य स्वास्थ्य संस्थाहरुले यसको प्रर्बधन गरी गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच बढाउनु पर्ने मेडिसिटीका अस्पताल निर्देशक प्राडा सुनिल कुमार शर्माले बताए ।
नेपाल मेडिसिटी ७ सय ५० शैयाको अन्तर्राष्ट्रिय अस्पताल, नेपालीहरुको स्वास्थ्यको लागि भरपर्दो गन्तब्यको रुपमा रहेको र यसका सेवाहरु आम नेपालीहरुले धान्न सक्ने भएकोले अब नेपालीहरु उपचारका लागि विदेश जानु नपर्ने नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए ।