नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको बताएका छन्।
शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उक्त जमातले नै लोडसेडिङको हल्ला फैलाएको बताए।
उनले अहिले लोडसेडिङ नभएर केही आयोजनामा आएको प्राविधिक समस्याका कारण केही घण्टा जलविद्युत वितरणमा समस्या भएको बताए।
उनले माथिल्लो तामाकोशी र कालीगण्डकी बन्ने बित्तिकै विद्युत वितरणमा देखिएको समस्या समाधान हुने दाबी गरे।
व्यस्त समयमा केही मात्रै उद्ययोगको लाइन काटेको जिकिर गर्दै त्यो समयमा नागरिकलाई सहज बनाएको बताए।
उनले उद्ययोगीहरूले व्यस्त समयमै विद्युत काट्यो भनेर बखेडा झिकेको पनि उनले बताए। 'तामाकोसी १० दिनमा जोडिएपछि त्यो समस्या पनि हराउँछ,' उनले भने।
जनतालाई अँध्यारोमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको बक्यौता रकम तिर्न पनि उद्योगीहरूलाई आग्रह गरे।