कृषि बैज्ञानिक समाज नेपाल (सास) को पाँचौ गोष्ठी एवं सातौं साधारण सभा सम्पन्न भएको छ।
सास-नेपालका अध्यक्ष डा. श्रीमत श्रेष्ठको सभापतित्व एवं राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. विश्वनाथ पौडेलको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो।
सभामा कृषि अनुसन्धानका विविध क्षेत्रमा प्रतिष्ठित बैज्ञानिकहरूबाट विषयगत कार्यपत्र प्रस्तुत भएको थियो।
कृषि अनुसन्धानतथाअन्वेषणका माध्यमबाट खाद्य सुरक्षा हासिल गर्ने विषयमा डा. देवेन्द्र गौचनको टोलीले कार्यपत्र प्रस्तुत गरेको थियो। जलवायु परिवर्तनको सन्दर्भमा डा। आनन्दकुमार गौतमको टोलीले कार्यपत्र प्रस्तुत गरेको थियो।
त्यस्तै दीगो कृषि विकासका लागि राष्ट्रिय कृषि अनुसन्धान प्रणालीको सबलीकरण विषयमा डा। श्रीमत श्रेष्ठको टोलीले कार्यपत्र प्रस्तुत गरेको थियो।
नेपालको कृषि क्षेत्रको ब्यवसायिकिकरण तथा औद्योगिकरणका लागि अनुसन्धान एवं अन्वेषण विषयमा कृषि उद्यम केन्द्रका प्रमुख डा। देवभक्त शाक्यको टोलीले कार्यपत्र पस्तुत गरेको थियो।
कार्यक्रममा कृषि अनुसन्धानको क्षेत्रमा योगदान पुर्याउने नौ जना प्रतिष्ठित बैज्ञानिकहरूलाई सम्मान गरिएको थियो।
यो गोष्ठीले डा। राम प्रसाद घिमिरेको अध्यक्षतामा आगामी दुई वर्षका लागि ११ सदस्यीय कार्यसमितिको चयन समेत गरेको छ। उपाध्यक्षमा युवराज भुसाल, महासचिवमा डा. कृष्ण प्रसाद तिम्सिना, कोषाध्यक्षमा सुदिप सुबेदी, सचिव (प्रशासन)मा प्रेनिल के।सी, सचिव (आर्थिक प्रशासन)मा कृष्णहरि घिमिरे र सचिव (समन्वय)मा डा. नवराज आचार्य निर्वाचित भएका छन्।
त्यसैगरी सदस्य (सदस्यता व्यवस्थापन) मा सुजया उप्रेति, सदस्य (प्रकाशन व्यवस्थापन) मा जीवन श्रेष्ठ, सदस्य (योजना तथा प्राबिधिक)मा कपिल पौडेल र सदस्य(सेमिनार तथा कन्फेरेन्स)मा डा.शोभा श्रेष्ठ निर्वाचित भएका छन्।