फुडमाण्डुले नयाँ वर्षको अवसरमा नयाँ लोगो सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार यो नयाँ ब्राण्ड पहिचानले फुडमाण्डुको नयाँ विचारलाई सधैँ अघि ल्याउने इतिहासलाई निरन्तरता दिएको छ।
हामी हाम्रो मूल्य, मान्यता र उद्देश्यलाई धेरै महत्व दिन्छौँ। हाम्रो नयाँ पहिचानले यस भावना प्रतिविम्वित गर्ने फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने।
पहेंलो रंगलाई आफूहरूले मुख्य ब्राण्ड रंगको रुपमा रोजेका भन्दै नयाँ रंग छनोटका बारेमा फुडमाण्डुका ब्राण्ड र मार्केटिङ्ग प्रमुख श्याम रत्नमालीले भने, ‘यसले उत्साह, खुशी, र उर्जालाई प्रतिनिधित्व गर्दछ। हाम्रो लागि पूरानो रंगहरु रातो र हरियोलाई छोड्ने निर्णय सजिलो थिएन तर परिवर्तनको सही समय भएको हामीले महसुस गर्यौँ।’
२०१० मा स्थापना भएको फुडमाण्डु नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फुड डेलिभरी कम्पनी हो।
फुडमाण्डुले हाल काठमाडौँ, ललितपुर, कीर्तिपुर, भक्तपुर र पोखराका ८०० भन्दा बढी रेस्टुरेन्टहरुबाट फुड डेलिभरी गर्छ।
यसरी नै फुडमाण्डु फ्रेशले ग्रोसरी डेलिभरी र फुडमाण्डु बारले पेय पर्दाथ पनि डेलिभरी गर्दै आइरहेको मालीले जानकारी दिए।