एफएनसिसीआई र एनसेल लगायत विभिन्न निजी क्षेत्रको सहकार्यले काठमाडौंको दरबारमार्गमा आयोजित सडक महोत्सव सम्पन्न भएको छ।
कोभिड-१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्धन भन्ने मूल नारा सहित महोसत्व भएको हो।
नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल रेबान र दरबारमार्ग विकास बोर्डले एनसेलसँग महासंघको विषेश सहकार्य अन्तर्गत यो महोत्सव संयुक्त रूपमा आयोजना गरिएको थियो। महोत्सवमा सम्पूर्ण रुपमा नेपाली कला संस्कृति झल्कने प्रस्तुती गरिएको थियो।
महोत्सवमा दिपक बज्राचार्य, समृद्धि राई वीथ व्याण्ड, सुवानी मोक्तान, सन्दिप क्षेत्री, शास्त्रीय सांगीतिक समूह सुरसुधा लगायत अन्य समूहहरू जस्तै सृष्टी केसी एन्ड ब्लाइन्ड रक्स, रुशान एन्ड लज्जु, एभरेष्ट क्रु, महेश काफ्ले, कववेव र भेकले आ-आफ्ना प्रस्तुतिहरू दिएका थिए।
महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका वस्तु तथा सामाग्रीहरू पनि प्रदर्शनीमा राखिएका थिए। त्यसैगरी महिला उद्यमी सहित हस्तकला उद्यमीहरूबाट उत्पादित वस्तुहरूका उत्पादन पनि प्रर्दशनीमा राखिएका थिए। महोत्सवमा ६० वटा स्टल राखिएका थिए।