रिभ्याम्प नेपालको तेस्रो संस्करण शनिवार, वैशाख १७ गते ठमेलको छाँया सेन्टरमा आयोजना हुने भएको छ।
दिनभर चल्ने यस कार्यक्रममा नेपाली व्यवसायिक क्षेत्रमा हाल सक्रिय नयाँ उद्यम र व्यवसायहरू तथा प्रमुख व्यापारिक संस्थाहरूको संलग्नता रहने छ। कार्यक्रमको प्रवेश नि: शुल्क गरिएको छ। तालिका अनुसार रिभ्याम्प नेपाल २०२२ बिहानको १०:३० बजे सुरू भएर साँझ ६:३० मा समापन हुनेछ।
महामारीबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानलाई प्रेरित गर्न मद्दतको लागि २०२१ को सुरूमा अवधारणा गरिएको रिभ्याम्प नेपाल कार्यक्रम सन् २०२१ फेब्रुअरी र सन् २०२१ अगस्टमा भर्चुअल रूपमा आयोजना गरिएको थियो।
सन् २०२२ को अप्रिलमा हुन लागेको संस्करण भने भौतिक उपस्थितिमा हुँदैछ। तेस्रो संस्करणले सहभागीहरूलाई प्रत्यक्ष रुपमा सम्भावित ग्राहकहरू ग्राहकहरू र साझेदारहरूसँग अन्तरक्रिया गर्न र आफ्ना उत्पादन र सेवाहरू प्रवर्द्धन गर्न मद्दत गर्ने प्लेटफर्म प्रदान गरेर हालको संघर्षरत बजारलाई मद्दत गर्ने प्रयत्न गर्ने आयोजक टोलीले विश्वास राखेको छ।
कार्यक्रममा ५० भन्दा बढी उध्यम व्यवसायहरूको सहभागीता हुनेछ भने तीन हजारभन्दा बढी अवलोकनकर्ताहरूको उपस्थितिको अपेक्षा गरिएको छ।
फाइब्रो नेपाल र आइडीया जार डिजिटलद्वारा संयुक्त रुपमा आयोजित रिभ्याम्प नेपालको यस तेस्रो संस्करणमा हाम्रोबजार डट कम, सेल पे, हिमालयन जनरल इन्स्योरेन्स, फिनिक्स कलेज अफ म्यानेज्मेन्ट, उपाय सिटी कार्गो, फुडमान्डु, नेपाल वायुसेवा, सुबिसू, रिलायवल भेन्चर क्यापिटल, जेनिस क्लाउड एकेडेमी, टेक साथी, किताब यात्रा, वेदा एप, मेरो अड्डा, अष्ट्रेन्ड्ली, सिस्क्युब टेक्नोलोजि, द डेनिस, आर्ट्सियम प्रोड्क्सन, ओहो केक, टिग एप, माकुरा कृयसन्, हाथी हाथी नेपाल, नेपाल पर्यटन बोर्ड, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लगायत संस्थाहरूको साझेदारी रहेको छ।