आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ। बुधबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरी अर्यालको सभापतित्वमा काठमाडौंको होटल र्याडिसनमा सम्पन्न भएको हो।
सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरू पारित गरियो। उक्त कार्यक्रममा सञ्चालक समितिको निर्वाचन गरी नयाँ सञ्चालक समितिको गठन गरिएको छ।
कम्पनीमा सर्व-साधारणलाई छुट्टाइएको सेयर जारी गर्ने प्रस्ताव पारित गरी आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्न-गाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत गरिएको हो।
सभामा बोल्दै सभाका सभापति एवम् संचालक समितिका अध्यक्ष डा. अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धि साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो विषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धि जानकारी, जनचेतना र बीमाको पँहुच न्यून आयस्रोत भएका जनमानसमा समेत पुर्याउन कटिबद्ध रहेको बताए।