नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा अन्तर्राष्ट्रिय ख्याती प्राप्त बीमा प्रशिक्षक मार्फत ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा देशभरका एक हजार तीन सय ४५ सक्रिय अभिकर्ताहरूको सहभागीता थियो।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल लाइफका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीका अभिकर्ताहरूले नै नेपाल लाइफलाई सर्वाधिक विश्वासिलो बनाउन मुख्य भूमिका निभाएको भन्दै अभिकर्ताहरूको प्रसंशा गरे।
उनले अभिकर्ताहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा जगाउन तथा व्यवसाय वृद्धि गर्न बीमा क्षेत्रका विज्ञसँग मोटिभेसनल सेसन (प्रेरणा सत्र) गरेको र आगामी दिनमा पनि यस्ता प्रशिक्षणहरूलाई निरन्तरता दिने बताए।
सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ८ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने लगानी १३८ अर्ब ८२ करोड रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको जीवन बीमा कोष १२४ अर्ब ८४ करोड रुपैयाँ र सेयरधनी कोष ९ अर्ब ६७ करोडभन्दा बढी रहेको छ।
दुई लाख तीन हजारभन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका दुई सय दुई कार्यालय सञ्जाल मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।
नेशनल सेल्स म्यानेजर दिग्विजय सिंघलले नेपाल लाइफका अभिकर्ताहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बीमा प्रशिक्षक मार्फत प्रशिक्षण नियमित गर्ने र सोका लागि कम्पनीले अभिकर्ताहरूका लागि व्यापार लक्ष्य सहितको स्किम ल्याउने जानकारी दिए।