रिभ्याम्प नेपालको तेस्रो संस्करण सम्पन्न भएको छ। फाइब्रो नेपाल र आइडिया जार डिजिटलद्वारा संयुक्त रुपमा आयोजित स्टार्ट-अप फेयरमा ६० भन्दा बढी उद्यम व्यवसायहरूको सहभागिता रहेको थियो भने तीन हजार पाँच सयभन्दा बढीको सहभागिता एवम् उपस्थिति थियो।
शनिबार सम्पन्न रिभ्याम्प नेपालको तेस्रो संस्करण ठमेलको छाँया सेन्टरमा आयोजना भएको थियो।
महामारीबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानलाई प्रेरित गर्न मद्दतको लागि सन् २०२१ को सुरूमा अवधारणा गरिएको रिभ्याम्प नेपाल कार्यक्रम सन् २०२१ फेब्रुअरी र सन् २०२१ अगस्टमा भर्चुअल रूपमा आयोजना भएको थियो। यसपटक भने भौतिक उपस्थिति मै कार्यक्रम आयोजना गरिएको हो।
'फेयर हामीले सोचेभन्दा निकै सकारात्मक प्रतिक्रिया पायौं। कार्यक्रममा ६० भन्दा बढी उद्यमीहरूले आफ्नो स्टल राख्नुभएको थियो। अवलोकनकर्ताहरूको संख्या पनि अपेक्षित भन्दा बढी थियो,' फाइब्रो नेपालका प्रमुख कार्यकारी अधिकृत एवम् रिभ्याम्प नेपालका सह-आयोजक सुरजले भने, 'यसले हामीलाई आगामी दिनहरूको लागि प्रोत्साहन दिएको छ।'
रिभ्याम्प नेपालको तेस्रो संस्करणमा हाम्रोबजार डट कम, सेल पे, हिमालयन जेनरल इन्स्योरेन्स, फिनिक्स कलेज अफ म्यानेज्मेन्ट, उपाय सिटी कार्गो, फुडमान्डु, नेपाल वायुसेवा, सुबिसू, रिलायवल भेन्चर क्यापिटल, जेनिस क्लाउड एकेडेमी, टेक साथी, किताब यात्रा, वेदा एप, मेरो अड्डा, अष्ट्रेन्ड्ली, सिस्क्युब टेक्नोलोजि, द डेनिस, आर्ट्सियम प्रोड्क्सन, ओहो केक, टिग एप, माकुरा कृयसन्, हाथी हाथी नेपाल, नेपाल पर्यटन बोर्ड, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लगायत संस्थाहरूको साझेदारी थियो।