अमेरिकाले नेपाललाई पाँच वर्षको लागि दिने भनिएको ७९ अर्ब ७१ करोड रूपैयाँ (६५ करोड ९० लाख अमेरिकी डलर) सहयोग सम्झौता भएको छ।
बिहीबार नेपाल सरकारका तर्फबाट सह-सचिव इश्वरी प्रसाद अर्याल र युएसएडका नेपाल मिशन निर्देशक सेपिध किवान्सले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।
अमेरिकी नेपाल सहकार्य कार्यक्रम अन्तर्गत आएको यो सहयोग पाँच वर्षको लागि हुनेछ। कृषि, सडक, स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रमा यो सहयोग खर्च हुनेछ। अनुदानको रुपमा आएको यो सहयोग नेपालले तिर्नु पर्दैन्।