६ वर्ष अगाडि मात्र सुरू भएको 'अनलाइनजिल'ले डिजिटल विज्ञापनका क्षेत्रमा आफूलाई सफल कम्पनीका रूपमा स्थापित गरेको छ। सूचना प्रविधि कम्पनीका रूपमा सुरू भएको यो कम्पनीले अहिले डिजिटल विज्ञापनसँग सम्बन्धित सेवा प्रदान गरिरहेको छ।
पछिल्लो समय अनलाइनजिलले ग्राफिक्स डिजाइनिङ, सामाजिक सञ्जालमा विज्ञापन, वेब होस्टिङ र वेवसाइट निर्माण लगायतका डिजिटल सेवा प्रदान गर्दैछ। ‘संसार डिजिटल भइरहँदा हामीले पनि डिजिटल रूपमै सेवा प्रदान गरिरहेका छौं,’ कम्पनीका निर्देशक रितेन्द्र कुमार दासले भने।
करिब दुई दर्जन युवाहरू सामेल अनलाइनजिलले डिजिटल मार्केटिङको अनुसन्धान र त्यसबाट प्राप्त नतिजाका आधारमा रणनीति बनाउने गरेको बताउँछन् निर्देशक रितेन्द्र कुमार दास। उनी भन्छन्, ‘हामी डिजिटल मार्केटिङ एजेन्सी मात्र होइनौ। अनुसन्धानकर्ता पनि हौं। किनभने हामीले हरेक चिज अनुसन्धानका नतिजाका आधारमा तयार पार्छौं।’
उनका अनुसार अनलाइनलिजले हरेक दिन बद्लिदो डिजिटल संसारसँग अभ्यस्त भएर काम गरिरहेको छ। ‘आधुनिक रचनात्मक तरिका अपनाउँदै हामीले धेरै साना र मझौला उद्यमको व्यवसाय विस्तार गर्न सहयोग गरिरहेका छौ,’ निर्देशक दासले भने।
अनलाइनजिलले अहिलेसम्म अस्पताल, निर्माण कम्पनी, सवारी साधन, स्कुल, कलेज, सञ्चार माध्यम लगायत तीन सयभन्दा भन्दा बढी कम्पनीसँगको साझेदारीमा काम गरेको छ। स्थापनाको छोटो समयमै कम्पनीले एक सयभन्दा धेरै कम्पनीको वेवसाइट निर्माण र होस्टिङको काम गरिसकेको छ भने करिब दुई सय कम्पनीको सामाजिक सञ्जाल ह्याण्डलिङको काम गरिरहेको छ।
निर्देशक दास दिनहुँ डिटिल मार्केटिङको प्रभाव बढिरहेको समयमा अनलाइनजिल थप रचनात्मक हुँदै विकास हुने बताउँछन्।