जापानको टोकियोमा हालै सम्पन्न नेपाल एजुकेशन अवार्ड सेरोमनी माझ ग्लोबल कलेज इन्टरनेसनल (जिसिआइ) बेष्ट विजनेश स्कुल अफ द इयर अवार्ड २०२३ बाट सम्मानित भएको छ।
जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले कलेजलाई अवार्डसहित सम्मानित गरेका हुन्।
कलेजकोतर्फबाट अनुसन्धान सह संयोजक राजेन्द्रप्रसाद ओझाले उक्त अवार्ड ग्रहण गरेका थिए।
अवार्ड ग्रहणपछि ओझाले उक्त पुरस्कारबाट सिंगो जिसिआई परिवार नै गौरन्वान्वित रहेको र शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक र पूर्व विद्यार्थीको प्रतिबद्धताका कारण कलेजले उक्त उपलब्धि हासिल गरेको बताए।
कलेजमा सेमेष्टर प्रणालीमा अध्ययन अध्यापन हुँदै आएको छ। यस कलेजले मध्य पश्चिम विश्वविद्यालय सुर्खेतकोमा सम्बन्धनमा एम.बि.ए, बि.बि.ए., बि.एच.एम र बि.टि.टि.एम जस्ता विश्वव्यापी लोकप्रिय कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आइरहेको छ।
यस कलेज युरोपियन युनियन आवद्ध इरास्मस प्लस कार्यक्रमको साझेदार सदस्य समेत रहेको छ। इरास्मस कार्यक्रम अन्तर्गत कलेजले निरन्तर रुपमा युवा विद्यार्थीहरूलाई उद्यमशीलता, पर्यटन लगायतका क्षेत्रमा अनुसन्धान एवम् क्षमता अभिवृद्धि र अभिमुखिकरण तालीमहरू प्रदान गर्दै आइरहेको छ।