शुक्रबार मध्यराति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण प्रभावित भएकाहरूको सहयोगार्थ आइएसएमटी कलेजले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
यी दुई जिल्लामा ठूलो जनधनको क्षति भएकोले सानै भए पनि पीडितसमक्ष सहयोग पुगोस् र सबैमा सहयोगको भावना जागृत गराउन सकियोस् भन्ने उद्देश्यले कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि उपलब्ध गराउने निर्णय गरेको हो।
साथै कलेजले उक्त भूकम्पमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।
बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेज काठमाडौं, चितवन, पोखरा, बुटवल र विराटनगरमा सञ्चालित छन्।