नेपाल कला परिषद् भिजुअल आर्ट ‘गोर्खा वुमन–एन इको इन द स्टोरी’ प्रदर्शनी भएको छ।
गत शुक्रबारदेखि उक्त प्रदर्शनी सुरू भएको हो। प्रदर्शनीको उद्घाटन बेलायती राजदूत रोब फेनले गरे।
श्रीस क्रिएटिभ आर्टस् इनिसिएटिभको आयोजना तथा द ब्रिटिस कलेज, भर्सेली गोर्खा समाज, यती एयरलाइन्स र गोर्खा वेलफेयर ट्रस्ट (नेपाल) बीचको सहकार्यमा सुरू भएको हो।
प्रर्दशनीमा गोर्खा महिलाहरूको कलाकृति र उनीहरूका आफ्नै अनुभवहरूका कथनकोहरूलाई कलामार्फत प्रस्तुत गरिएको छ।
प्रदर्शनीमा अनुसन्धान, फिल्डवर्क, अन्तर्वार्ता र सिर्जनात्मक कलाकृतिहरू समावेश गरिएको छ।
प्रदर्शनी आगामी बुधबारसम्म चल्ने आयोजकले जानकारी दिएको छ।