नेपालको डिजिटल वालेट कम्पनी पेवेल नेपालले आफ्ना ग्राहकहरूलाई 'सुनको चेन' र 'चाँदीको सिक्का' वितरण घोषणा गरेको छ।
कम्पनीले भदौ ७ गतेदेखि मंसिर ३ गतेसम्म ‘सुनको चेन’ अभियान सुरू गरेको थियो भने असोज १८ गतेदेखि कात्तिक २४ गतेसम्म कम्पनीले 'चाँदीको सिक्का' अभियान सुरू गरेको थियो।
पेवेल नेपालका समर्पित ग्राहकहरूलाई सम्मान स्वरुप सुनको चेन र चाँदीको सिक्का वितरण गरिएको हो।
यस कार्यले कम्पनी र यसका ग्राहकहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउने कम्पनीको विश्वास छ।
'हाम्रा एजेन्ट साक्षी र प्रेम ट्रेडर्स’ लाई सुनको चेन र हाम्रा समर्पित 'पच्चीस' ग्राहकहरूलाई चाँदीको सिक्का वितरण घोषणा गर्न पाउँदा हामी खुसी छौं। हाम्रा ग्राहकहरूलाई निरन्तर सहयोग र विश्वासको लागि धन्यवाद दिने यो हाम्रो विधि हो,' कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत प्रज्वल आचार्यले भने।
पेवेल नेपालले २०१८बाट सञ्चालनमा आएको एक उदीयमान कम्पनी हो।
पेवेल नेपाल नेपाल राष्ट्र बैंकबाट अधिकृत पिएसपी (भुक्तानी सेवा प्रदायक) कम्पनी हो।