एक दशकभन्दा लामो शैक्षिक इतिहास बोकेको आइएसएमटी ग्रुप अफ कलेजले 'द लण्डन कलेज' तीनकुनेमा सञ्चालनमा ल्याएको छ।
युनिभर्सिटी अफ सन्डरल्यान्ड युकेको सम्बन्धनमा नेपालका विभिन्न मुख्य–मुख्य सहरहरूमा विश्वस्तरीय कलेजहरू सञ्चालन गर्दै आएको यो समूहले युकेकै अर्को बहुचर्चित विश्वविद्यालय ‘युनिभर्सिटी अफ इस्ट लण्डन’ बाट सम्बन्धन लिएर ‘द लण्डन कलेज’ सञ्चालनमा ल्याएको छ।
काठमाडौंको तीनकुनेमा अवस्थित द लण्डन कलेजले बिएससी अनर्स कम्पयुटर साइन्समा 'जनवरी इन्टेक'को लागि भर्ना सुरू गरेको छ। बिएससी अनर्स कम्प्युटर साइन्समा अहिलेको नेपाली बजारको माग अनुसार अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्ने दाबी गरेको छ।
के छ फरक ?
द लण्डन कलेजको पठनशैली नवीनतम प्रविधिबाट सिर्जनात्मक किसिमले हुनेछ। बजारमा के कस्तो सीप भएको जनशक्तिको माग भइरहेको छ भन्ने अध्ययन गरेर यसको पाठ्यक्रम तयार गरिएको छ।
कलेजले विद्यार्थीको 'वेल विइङ र वेल फिलिङ' मा विशेष ध्यान दिन्छ। आधुनिक प्रणालीबाट विद्यार्थीको मूल्याङ्कन हुन्छ। नियमित रुपमा विद्यार्थीले सिकेको, पढेको कुरा प्रस्तुत गर्नुपर्ने हुन्छ। बढीभन्दा बढी प्रयोगात्मक हुने र त्यस्ता अभ्यासले विद्यार्थी स्वयंलाई प्रगति अथवा कमजोरीबारे थाहाँ पाउँछन्।
कलेजले दिने ज्ञान, सीप बाहेक श्रमबजारमा जाँदा चाहिने अन्य आवश्यक सबै सीप सहितको दक्ष जनशक्ति उत्पादन हुन्छ। त्यसका लागि विभिन्न उद्योगहरूसँगको सहकार्य हुनेछ। विद्यार्थी संसारको जहाँ गएपनि यहाँको शैक्षिक प्रमाणपत्रको ‘रिकग्निसन भ्यालु’ उच्च हुन्छ।
अर्को 'भ्यालु फर मनी' विद्यार्थीले जत्ति लगानी गरेको हुन्छ त्यस बराबरको ज्ञान, सीप, व्यवहार मार्फत प्राप्त गर्छन्।
'युज भ्यालु' यो कोर्षले जहाँ सुकै गएपनि सम्बन्धित क्षेत्रमा काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्छ।
क्याम्पसकी प्रबन्ध निर्देशक सविता पाठक कलेजले पढाइ सकेर निस्किएर श्रम बजारमा जाँदा त्यहाँ कार्यरत अनुभवी जनशक्तिसँग तत्काल प्रतिस्पर्धी भएर काम गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने दाबी गरिन्।
विशेष छात्रवृत्तिको व्यवस्था
कलेजले विद्यार्थीको लागि विशेष खालको छात्रवृत्ति सुविधा राखेको छ।
कक्षा १२ मा उत्कृष्ट अंक ल्याएका, निम्न मध्यम वर्गका उत्कृष्ट विद्यार्थी, कुनै विशेष क्षेत्रमा उत्कृष्ट प्रस्तुती दिइरहेका विद्यार्थी, राष्ट्रलाई विभिन्न रुपमा योगदान गरिरहेका (खेलाडी, एथलेट) लगायत विभिन्न क्षेत्रलाई समेटेर विशेष छात्रवृत्ति प्रदान गर्छ।