३२औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ।
उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथी, सहरी विकास मन्त्री सिता गुरुङद्वारा हस्तान्तरण गरिएको थियो।
गत वैशाखमा सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलाई ५ लाख रूपैयाँ रकम सहयोग गरेको थियो।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपाङ्ग कोषसँग सहकार्य गरी वैदेशिक रोजगारीका क्रममा अपाङ्गता भएकाहरूलाई सेवा पुर्याउने उद्देश्यले राष्ट्रिय अपाङ्ग कोषलाई उक्त रकम सहयोग गरेको थियो।
राष्ट्रिय अपाङ्ग कोषले वार्षिक एक हजार ५०० अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोग सामाग्री तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवम् वितरण गर्नुका साथै गुणस्तरिय फिजियोथेरापी, अकुपेशनल र परामर्श सेवा उपलब्ध गराउँदै आएको छ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले समाजमा सकरात्मक परिवर्तन ल्याउने हेतुले सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै संघ संस्थाहरुलाई सहयोग प्रदान गर्दै आइरहेको छ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।
हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुरू गरेको छ।