भौगोलिक सूचना प्रणाली (जिआइएस)मा विश्वव्यापी प्रख्यात एस्रीले काठमाडौंमा 'एस्री टेक्नोलोजी समिट' सम्पन्न भएको छ।
कार्यक्रममा नापी विभाग, केन्द्रिय तथ्यांक विभाग, खानी तथा भूभर्ग विभाग, जलविज्ञान, शहरी विकास तथा विभिन्न शैक्षिक संस्थाका अधिकारीहरूको सहभागिता रहेको सम्मेलनमा नेपालले सामना गरिरहेको चुनौतीहरूलाई सम्बोधन गर्न र विकासको दृष्टिकोणलाई समर्थन गर्न जिआइएस प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ भन्नेबारे छलफल भएको थियो।
एस्री इन्डियाका कार्यकारीहरूले विश्वव्यापी नमूनाहरु उद्धृत गर्दै आर्कजिआइएस प्रविधिले विभिन्न खण्डहरूमा प्रदान गर्न सक्ने मूल्यलाई प्रस्तुत गरे। एस्री इन्डियाले नेपालका विभिन्न विभागहरूसँग काम गर्न चाहेको समेत बताएको छ। उनीहरूलाई जिआइएसको क्षमताहरू प्रयोग गरी नवीनता, दक्षता र दिगोपन हासिल गर्न मदत गर्न चाहनेबारे सम्मेलनमा छलफल भएको हो। यसले प्राविधिक सहयोग, प्रशिक्षण परामर्श, क्लाउड र व्यवस्थित सेवाहरू पनि प्रदान गर्नेछ।
यसले एप्लिकेसन विकास र डेटा निर्माण सेवाहरू प्रदान गर्न नेपालका विभिन्न संस्थाहरूसँग साझेदारी गरेको छ। कम्पनीले स्टार्ट अप र विकासकर्ताहरूलाई सहयोग गर्ने र नेपालमा जिआइएसको प्रविधि प्रयोगकर्ताहरूको समुदाय निर्माण गर्न काम गर्ने लक्ष्य राखेको छ।
नियोटेरिक नेपाल जिआइएस सफ्टवेयरको लागि नेपालमा एस्री इन्डियाको 'मास्टर रिसेल्सी' हो।
एस्री इंकका कर्पोरेट निर्देशक-अन्तर्राष्ट्रिय अपरेसन्स डिन एन्जेलिडिस भन्छन्, 'एस्री जिआइएस सफ्टवेयर स्थानीय बुद्धिमता र म्यापिङमा विश्वव्यापी बजारको लिडर हो। यसले १५० देशहरूमा लगभग चार लाख ग्राहकहरूलाई सेवा दिइरहेको छ। एस्रीको आर्क जिआइएस म्यापिङ र स्थानीय विश्लेषणमा विश्वकै अग्रणी सफ्टवेयर हो जसले विश्वको सबैभन्दा जटिल समस्याहरू समाधान गर्न मदत गरिरहेको छ।'
उनले थप भने, 'हामी नेपाल सरकार, व्यवसाय र शिक्षाविदहरूसँग आवद्ध हुन र विभिन्न विभागहरूलाई परिवर्तनकारी नतिजाहरू प्रदान गर्न जिआइएस प्रयोग गर्न पाउदा उत्साहित छौं।'
एस्री इन्डियाका प्रवर्धन निर्देश अजेन्द्र कुमार एस्री इन्डियाको लक्ष्यबारे थप भन्छन्, 'भूस्थानिक प्रविधिहरूले दिगो अभ्यासहरू प्रवर्द्धन महत्वपूर्ण भूमिका खेल्छन्। नेपालसँग नजिक भएर एस्री इन्डियाले नेपालमा जिआइएस प्रयोगकर्ताहरूको बलियो समुदाय निर्माण गर्ने र तिनीहरूलाई अपनाउन मदत गर्ने लक्ष्य राखेको छ।'
नवीनतम आर्कजिआइएस प्रविधिले विपद् व्यवस्थापन, शहरी योजना, वातावरण संरक्षण, भूमि र प्राकृतिक श्रोत व्यवस्थापन र सुशासनमा मदत गर्न सक्नेमा कम्पनी सकारात्मक छ। कम्पनीले स्टार्ट-अपलाई समर्थन गर्ने र नेपालको युवा जनसंख्याका लागि काम गर्ने अवसरहरू समेत सिर्जना गर्ने बताएको छ।