कमलपोखरी स्थित इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ।
समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससी (अनर्स) कम्प्युटिङ, बिएससी (अनर्स) कम्प्युटर नेटवर्किङ र आइटी सेक्युरिटी, बिएससी (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन र बिएससी (अनर्स) मल्टिमिडिया टेक्नोलोजी का ७१० जना विद्यार्थी सहभागी भएका थिए।
स्नातकोत्तर तह अन्तर्गत एमएससी आइटी र एप्लाइड सेक्युरिटी विषयका ७२ जना विद्यार्थी दीक्षित भएका छन्।
समारोहमा बिजनेस विषयमा स्नातक तह गर्ने १४५ र आइटी तह पूरा गर्ने ५६५ विद्यार्थी गरी कुल ७८२ विद्यार्थी दीक्षित भएका छन्।
वार्षिक दीक्षान्त समारोह, हाम्रो स्नातक कक्षाको शैक्षिक उत्कृष्टता मनाउने दुई दिने कार्यक्रम हो।
यस वर्ष लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट छात्रवृत्तिको लागि दुई उत्कृष्ट विद्यार्थी सन्देश तिम्सिना र आशिष आचार्यलाई छात्रवृत्ति प्रधान गरिएको छ।
साथै, आइएनजी छात्रवृत्तिका लागि रोदन महर्जन र मोहम्मद तौसिफ रेजा सम्मानित भएका छन्।
वार्षिक स्नातक समारोहमा आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी, लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट एकेडेमिक पार्टनरसिपका प्रमुख डा. वेन्डी ब्लोइसी र लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका प्रो–भाइस चान्सलर, नोना म्याकडफल लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा यो कार्यक्रम गरिएको थियो।