इटहरीस्थित इटहरी इन्टरनेसनल कलेजको सन् २०२३ मा उतीर्ण भएका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ।
समारोहमा स्नातक तहअन्तर्गत विशेषज्ञताहरू बिएससी (अनर्स) कम्प्युटिब र बिए (अनर्स) बिजनेस प्रशासनका २०० जना विद्यार्थी सहभागी भएका थिए।
कलेजले शुक्रबार दीक्षान्त समारोह आयोजना गरेको थियो। समारोहमा विद्यार्थीका अभिभावकको पनि उपस्थिति थियो। समारोहमा बिए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तह पूरा गर्ने ४८ जना र बिएससी (अनर्स) कम्प्युटिब तह पूरा गर्ने १५२ जना विद्यार्थी गरी जम्मा २०० विद्यार्थी दीक्षित भएका थिए।
वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ। सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई आइएनजीले छात्रवृत्ति उपलब्ध गराएको छ। यस वर्ष आइएनजी छात्रवृत्तिका लागि सारीका दाहाल र स्रिजा पोखरेल सम्मानित भएका थिए।
वार्षिक दीक्षान्त समारोहमा आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी, लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट एकेडेमिक पार्टनरसिपका प्रमुख डा. वेन्डी ब्लोइसी लगायतको उपस्थिति थियो।
आइएनजीका संस्थापक तथा अध्यक्ष बुढाथोकीले प्रत्येक स्नातकलाई व्यक्तिगत रूपमा बधाई दिँदै उनीहरूको
लगनशीलता र समर्पणको प्रशंसा गरे। डा. ब्लोइसीले यस अवसरमा आइएनजी र लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबीचको दिगो साझेदारीबारे चर्चा गरे।