नेपाल उद्योग परिसंघसहित प्रभावित उद्योगी व्यवसायीहरूले डेडिकेटेड र ट्रंकलाइन विवादका विषयमा दलका नेताहरूलाई भेट्न थालेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको परिसंघले जनाएको छ।
परिसंघ उपाध्यक्ष अमित मोरसहितका उद्योगीहरूले राजनीतिक दलका नेतृत्वको ध्यानाकर्षण गराएका छन्। मंगलबार एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेको उद्योगीले बुधबार बिहान भएको कांग्रेस सभापति देउवासँग भेटभाट गरेका हुन्।
भेटमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले कानुनी व्यवस्था अनुरुप विवाद समाधान हुनुपर्ने बताएको उद्योगीको भनाइ छ।
यो विवाद बढाउने नभई समाधान गर्नेतर्फ आफूहरूले पनि सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धता गरिएको उद्योगीले बताएका छन्।
डेडिकेटेड र ट्रंकलाइनको बिजुली बक्यौता नतिरेको भन्दै अहिले नौ उद्योगमा लाइन काटिएको छ।