इन्टरफेस एजुकेसन सेन्टर प्राइभेट लिमिटेडले नेपाली चार्टर्ड अकाउन्टेन्ट (सिए) र अकाउन्टेन्टलाई अमेरिकामा उच्च शिक्षाको अवसर दिने भएको छ।
बिहीबार इन्टरफेसको ३० औं वार्षिकोत्सवमा माइल्स एजुकेसन भारतसँग सम्झौतापत्रमा हस्ताक्षर गर्दै नेपालका विद्यार्थीलाई मास्टर अकाउन्टिङमा डिग्री दिने इन्टरफेसले जनाएको छ।
अमेरिकामा भएका विभिन्न प्रतिष्ठित विश्वविद्यालयमा डिग्री प्राप्त गर्नुका साथै नेपाली विद्यार्थीलाई बिनाधितो ऋण उपलब्ध गराउने र अमेरिकाको मास्टर्स डिग्रीपछि तीन वर्षको रोजगार दिने व्यवस्था भएको माइल्स एजुकेसनले जनाएको छ।
यस कार्यक्रमको मुख्य आकर्षण भारतको प्रख्यात आइआइएम इन्दौर वा जागसोमबाट ३ महिने अनलाइन पढाइ गरेर क्रेडिट ट्रान्सफर गर्ने सुविधा समावेश भएको बताइएको छ। नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष शेषराज भट्टराईले कार्यक्रम सफलताको कामना गरे।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ अध्यक्ष आनन्दराज शर्माले नेपाली चार्टर्ड एकाउन्टेन्टको दक्षता अझ नयाँ क्रमबाट बढ्नुपर्ने बताए।