आइएसएमएटी कलेजमा जब फेयर (रोजगार मेला) सम्पन्न भएको छ।
बुधबार सम्पन्न उक्त मेलामा २१ कम्पनीहरूले आफ्नो स्टल राखेका थिए।
उक्त मेलामा आफ्नो अध्ययन सकाएका र अध्ययन गरिरहेका २२५ जना विद्यार्थी सहभागी थिए।
विद्यार्थीहरूलाई डिग्री मात्र उपलब्ध गराउने नभई दक्ष, सबल र सक्षम बनाउने उद्देश्यका साथ सञ्चालित यस कलेजले वर्षमा कम्तीमा २ वटा यस किसिमको जब फेयर आयोजना गर्ने गरेको छ।
यस किसिमको कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो करियर सुरू गर्न कम्पनी कम्पनी धाउन नपरोस् र एउटै स्थानमा विभिन्न कम्पनीको जानकारी पाउनुका साथै आफूले रोजेको कम्पनीमा जागिर पाउन सकुन् भन्ने अभिप्रायले यस किसिमको कार्यक्रम आयोजना गरिएको बताइएको छ।