पृथ्वी राजमार्गको सिद्धार्थ रिभरसाइड रिसोर्टको खानालाई 'अतिउत्तम वर्ग' को प्रमाणीकरण गरिएको छ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले सिद्धार्थ ग्रुपको यस रिसोर्टलाई 'क' वर्गको अतिउत्तम स्तर निर्धारण गरी प्रमाणपत्र दिएको हो।
खाद्य प्रविधि तथ गुण नियन्त्रण कार्यालयले खाद्य स्वच्छता स्तरमा क-अतिउत्तम, ख-उत्तम, ग- सन्तोषजनक र घ-सामान्य गरी ४ वर्गमा वर्गीकरण गर्दै आएको छ। सिद्धार्थ रिभरसाइडले पाएको वर्गीकरण सबभन्दा उत्कृष्ट स्तर हो।
पृथ्वी राजमार्गको मध्य भागमा रहेको यस रिसोर्टबाट काठमाडौं र पोखरा १००/१०० किलोमिटरको दूरीमा पर्छ।
भैरहवाको पहिलो पाँचतारे होटल 'सिद्धार्थ भिलासा', सौराहाको लक्जरी रिसोर्ट 'सिद्धार्थ भिलासा वनवास लगायत देशका विभिन्न सहरमा सिद्धार्थ ग्रुपका तारे होटल, रिसोर्ट, कटेज, क्याफेसहित करिब ३ दर्जन आउटलेट सञ्चालनमा छन्।