काठमाडौंको ह्याम्स अस्पतालले नि:सन्तान दम्पतीका लागि नि:शुल्क परामर्श सेवा दिने भएको छ।
माघ १३ गते शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म अस्पतालको आइभिएफ केन्द्रमा परामर्श दिइने अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालले जानकारी दिए।
लामो समयसम्म पनि सन्तान नहुँदा सयौं दम्पती पीडामा रहेकाले उनीहरूका लागि उचित परामर्श दिन लागिएको उनको भनाइ छ।
पछिल्लो समय प्रविधिको विकाससँगै सन्तान उत्पादनका उपचार पद्धतिले नि:सन्तान दम्पतीको पीडालाई कम गरिरहेको सन्दर्भमा उचित परामर्शले दम्पतीलाई खुसी दिलाउन सहयोग पुग्ने अस्पतालले जनाएको छ।
सो कार्यक्रममा नि:शुल्क परामर्श सेवाका साथै अस्पतालको प्रयोगशाला परीक्षणमा २० प्रतिशत तथा पाठेघर जाँचमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ। अनुभवी र दक्ष चिकित्सकद्वारा स्त्रीरोगको परीक्षण गरिने अस्पतालले जनाएको छ।