राजधानिस्थित पुतलीसडकमा अवस्थित शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले लामो समयदेखि विद्यार्थीहरूलाई करिअर काउन्सिलिङ गर्दै आएको छ।
सोही कन्सल्टेन्सीले आगामी वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म ग्राण्ड एजुकेशन कन्क्लेभ २०२४ आयोजना गर्ने भएको हो।
विगतका वर्षहरूमा पनि सोही संस्थाले यस्ता कार्यक्रमहरूको नियमित आयोजना गर्दै आएको छ।
अहिले सुरू हुन लागेको कन्क्लेभ काठमाडौंबाट सुरू भई देशका विभिन्न ठूला तथा मुख्य सहरहरूमा सम्पन्न हुनेछ।
वैशाख २९ गते काठमाडौं, ३१ गते धनकुटा, जेठ ३ गते हेटौंडा, जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ तथा ८ गते ललितपुरमा सम्पन्न हुने तालिका रहेको छ।
यस्ता छन् कन्क्लेभ लक्षित अफर:
एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर रहेको छ भने फ्री मुभी टिकेट तथा एक्साइटिङ गिफ्ट ह्याम्फरहरूको पनि व्यवस्था गरिएको छ।
त्यस्तै, युएस लक्षित २५ हजारसम्मको स्कलरशिप अफरदेखि ६ हजार लाग्ने आइएल्स २ हजार ८१ रूपैयाँमै गर्न सकिने व्यवस्था गरिएको छ।
२० भन्दा धेरै ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरूलाई विद्यार्थीहरूले एकै छानामुनी भेट्न सक्नेछन्।
राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलिप्स डिसीले भने, 'युनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीहरूले सत्य तथ्य जानकारी पाउन सक्नु हुन्छ भन्ने नै हाम्रो कार्यक्रमको उद्देश्य हो। विद्यार्थीहरूको रिसर्चमा पनि यस्ता कार्यक्रमले धेरै मद्दत पुर्याउँछ।'
उनले विद्यार्थीहरूलाई परीक्षापछिको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उद्देश्यका साथ यस्तो कार्यक्रम आयोजना गरिएको र भर्खरै प्लस टुको परीक्षा सकेर बसेका विद्यार्थीहरूका लागि यो कार्यक्रम लाभदायी हुने उनले बताए।
त्यस्तै, वैशाख ३० गते सम्पन्न हुने भनिएको अफर आगामी जेठ ८ गतेसम्म कायम हुने उनले बताए।