फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सले नेपालका विभिन्न क्षेत्रहरूको जानकारी र तथ्यांक संकलन गरी तयार पारेको वार्षिक पुस्तक 'फ्याक्ट्स अफ नेपाल २०२४' सार्वजनिक गरेको छ।
डेटा र इन्फोग्राफिक संकलन केन्द्रित यो नवौं संस्करणको पुस्तक हो।
क्षेत्रगत तथ्यांकको अन्तर्दृष्टि र विश्लेषण पनि यस संस्करणमा समावेश गरिएको छ। पुस्तकमा देशको सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्र लगायतका २४ क्षेत्रहरू समेटिएका छन्।
पुस्तकको मूल्य पाँच सय रूपैयाँ तोकिएको छ। देशभरका विभिन्न पसल तथा इसेवा पसलबाट पनि खरिद गर्न सकिने छ।
अडिट सेवा, अनुकूलित अनुसन्धान, अभियान रणनीति, र ग्राहकहरूको लागि मिडिया गतिविधिमा विशेषज्ञ छ। यसले अनुसन्धानको आधारमा सही र कार्ययोग्य डेटा प्रदान गरिने उल्लेख गरिएको छ।
यस संस्थाले नेपालको अनुसन्धान उद्योगमा अद्वितीय र आकर्षिक पहल गरेको छ। यो संस्थाले विभिन्न छलफल र इन्फोग्राफिक्स मार्फत् राष्ट्रिय टेलिभिजन, समाचारपत्र, जर्नल, र अनलाइन समाचार पोर्टल जस्ता विभिन्न मिडिया आउटलेटहरूसँग सहकार्य गरी तथ्यांक र तथ्यहरू सार्वजनिक गर्छन्।
स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीको रूपमा रहेको फ्याक्ट्सले अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरू सञ्चालन गर्नुको साथै आफ्नो स्थापनाकाल (२०१२) देखि नै सामाजिक सञ्जाल र छापा माध्यममार्फत् आम जनताका लागि दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्यांकीय चित्रहरू प्रस्तुत गरिरहेको छ।