२० वर्षदेखि सिएको कक्षा सञ्चालन गरी रहेको नेपालको एक मात्र संस्था प्राइम सिएले २०औं वार्षिकोत्सव मनाएको छ
यस अवसरमा चार्टर्ड एकाउन्टेन्सी शिक्षा तथा चार्टर्ड एकाउन्टेन्सी पेशासँग सम्बद्ध विभिन्न संघ संस्थाहरूको पदाधिकारी लगायतका माझ नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा प्राइम सिएको उत्कृष्ट २० वर्षको यात्रालाई साझा गर्दै समृद्ध समाज र देश विकासमा सिए शिक्षाको योगदान र महत्त्वलाई गहनताका साथ सम्पूर्ण अतिथिहरू समक्ष सम्प्रेषण गर्दै २०औं वार्षिकोत्सव सम्पन्न गरेको छ।
यस अवसरमा संस्थाका कार्यकारी अध्यक्ष सिए नवराज बुर्लाकोटीले अभिभावकले गरेको विश्वास, विद्यार्थी भाइ बहिनीहरूको अथक प्रयास, गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने अनुभवी स्रोत व्यक्तिहरू, व्यवस्थापनका मेरुदण्डको रूपमा रहेका कर्मचारी वर्ग, मार्गनिर्देशन प्रदान गर्ने सञ्चालक समितिका पदाधिकारी, माया र स्नेह प्रदान गर्ने सेयरधनी र प्राइम सिएलाई सिए शिक्षाको क्षेत्रमा नेपालकै अग्रणी संस्थाको रूपमा स्थापित गर्न अतुलनीय भूमिका खेल्ने सबै सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गरे।
अगामी दिनहरूमा संस्थालाई थप सशक्त बनाउनका लागि नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै समय सुहाँउदो शिक्षा प्रदान गर्ने प्रयासमा अनवरत लागि रहने बताए।
यसका साथै सम्पूर्ण सरोकारवालाहरूको अपेक्षालाई पूरा गर्न संस्था लागि पर्ने व्यक्त गरे।