राइटपाथ करियर काउन्सिलिङको केन्द्रीय कार्यालय पुतलीसडक काठमाडौंबाट सुरू भएको 'ग्रान्ड एजुकेसन कन्क्लेभ २०२४\ ललितपुरको कुमारीपाटी शाखामा आएर मंगलबार सम्पन्न भएको छ।
गत वैशाख २९ गते काठमाडौंमा सम्पन्न गरिसकेपछि वैशाख ३१ गते धनकुटा, जेठ ३ गते हेटौंडा, ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ र जेठ ८ गते ललितपुरमा सम्पन्न भएको हो।
यस एजुकेसन कन्क्लेभमा ७ हजारभन्दा बढी विद्यार्थीहरू सहभागी भएका बताइएको छ। विद्यार्थीहरूमा उच्चशिक्षा हासिल गर्न जाने चाहना र रुचि बढ्दो देखिन्छ।
यस कार्यक्रममा उच्चशिक्षा हासिल गर्न विद्यार्थीहरूले बुझ्न चाहेको सही सूचना उपलब्ध गराउन सफल भएको राइटपाथको विश्वास छ।
यस कन्क्लेभ सुरू गर्दैगर्दा करिब पाँच हजार विद्यार्थी माझ पुग्ने राइटपाथले उद्देश्य राखेकोमा लक्ष्यभन्दा धेरै विद्यार्थीहरू आएका बताइएको छ।
कन्क्लेभमा विभिन्न देशका २० भन्दा बढी युनिभर्सिटीका प्रतिनिधिहरू तथा टेस्ट प्रिपेरेसन आइएल्स टेस्ट पिटिइ साथै बैंक, इन्स्योरेन्सको समेत उपस्थिति रहेको थियो।
ग्रान्ड एजुकेसन कन्क्लेभमा अमेरिका, अष्ट्रेलिया, बेलायत, क्यानडा, कोरिया, डेनमार्क, युएई लगायत विभिन्न देशको बारेमा विद्यार्थीहरूले प्रत्यक्षरूपमा काउन्सिलिङ लिने अवसर पाए।
सोही अवसरमा विभिन्न देशका विश्वविद्यालयको स्कलरसिप देखि ६ हजार पर्ने आइएल्स मात्र २०८१ रूपैयाँमा पढ्न पाउने अफर विद्यार्थीहरूलाई प्रदान गरिएको थियो।
त्यस्तै, विद्यार्थीहरूका लागि शतप्रतिशत प्रोसेसिङ शुल्कमा छुट गरेको थियो भने उपस्थित विद्यार्थीहरूलाई फ्रि मुभी टिकटका साथमा आकर्षक गिफ्ट ह्याम्पर समेत प्रदान गरिएको थियो।