विश्व खाद्य तथा कृषि संगठनका अनुसार विश्वको कुल भूभागको ३१ प्रतिशत वन क्षेत्रले ओगटेको छ।
जम्मा वन क्षेत्रको करिब ५४ प्रतिशत वन ब्राजिल, क्यानेडा, चीन, रसिया र अमेरिकामा रहेको छ।
छिमेकी राष्ट्र चीनको कुल भूभागको २२.९६ प्रतिशत र भारतको कुल भूभागको २१.७१ प्रतिशत वन क्षेत्र रहेको छ।
आर्थिक सर्वेक्षण २०८१ का अनुसार देशको क्षेत्रफलको अनुपातमा दक्षिण एसियाली राष्ट्रहरूमध्ये सबैभन्दा बढी वन क्षेत्र भुटानको ६९.७१ प्रतिशत छ। त्यसपछि नेपालको रहेको छ।
सबैभन्दा कम अफगानिस्तानको १.८५ प्रतिशत रहेको छ।
कुन देशमा कति प्रतिशत भूगोल वन क्षेत्रले ओगटेको छ?
भुटान: ६९.६१ प्रतिशत
नेपाल: ४५.३१ प्रतिशत
श्रीलंका: ३४.१ प्रतिशत
चीन: २२.९६ प्रतिशत
भारत: २१.७१ प्रतिशत
बंगलादेश: १२.८ प्रतिशत
पाकिस्तान: ४.८ प्रतिशत
माल्दिभ्स: २.७ प्रतिशत
अफगानस्तान १.९ प्रतिशत