ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिको सञ्चालक समितिको अध्यक्षमा वरिष्ठ रेडियोलोजिष्ट डा. आनन्दप्रसाद श्रेष्ठ सर्वसम्मतले चयन भएका छन्।
शनिबार काठमाडौंको चाबहिलस्थित अस्पतालमा आयोजित २७ औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो।
अस्पतालका सञ्चालकहरुमा सरला रिजाल, डा. हरि किशोर श्रेष्ठ, डा. गिसुपनिख प्रसिको, डा. राजेश किशोर श्रेष्ठ, डा. रिता सिंह हमाल, शरदकान्त अधिकारी, हरि प्रसाद पाठक, विजय मल्ल, बाबुकाजी कार्की, प्रा. डा. जागेश्वर शर्मा गौतम निर्वाचित भएका छन्।
सञ्चालक समितिका अध्यक्ष श्रेष्ठ भारतको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजबाट रेडियोलोजीमा विशेषज्ञता हाँसिल गरेका छन्। उनी हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य (सिनेटर) समेत रहिसकेका छन्।
त्यस्तै नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका संस्थापक संचालक शेयरधनी तथा नेपाल रेडियोलोजी सोसाइटीका सल्लाहाकार समेत हुन्।
पछिल्लो समयमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सेवा विभागसँगको सहकार्यमा मिर्गौला रोग लागि मिर्गौला कमजोर भएका बिरामीहरूको निःशुल्क डायलाइसिस सेवा तथा क्यान्सरका बिरामीहरूका लागि नेपाल सरकारले उपलब्ध गराएको एक लाख सहुलियत सहितको विशेष उपचार सेवा समेत प्रदान गरिरहेको छ।
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुको सम्मानमा अस्पतालले उपचार शुल्कमा १० प्रतिशत छुटसमेत प्रदान गर्दै आइरहेको अस्पतालले जनाएको छ।