नेपाललाई पर्यटकीय विवाह गन्तव्य बनाइने बजेटमा उल्लेख गरेको छ।
मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्।
नेपालमा वैवाहिक समारोह आयोजनाको लागि आउने पर्यटकलाई सांस्कृतिक र पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको रूपमा घोषणा गरिने अर्थमन्त्री पुनले बताएका हुन्।
जनकपुरलाई वेडिङ हब र लुम्बिनीलाई बर्थिङ हब बनाउने सरकारको तयारी छ।
त्यस्तै सरकारले पुराना ट्रेकिङ रूटको मर्मतसम्भार गर्ने र सम्भावित जोखिम क्षेत्रमा पर्यटकीय उद्धार केन्द्र स्थापना गरिने बताएको छ। यस्ता पर्यटन पूर्वाधारको लागि पाँच अर्ब ४६ करोड रूपैयाँ बजेट छुट्याएको छ।