सरकारले 'विदेशको आम्दानी, स्वदेशमा लगानी' कार्यक्रम चलाउने भएको छ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै गैर-आवसीय नेपालीको पुँजी, प्रविधि र सीपलाई जोड्न जन्मस्थनामा गैर-आवसीय नेपाली अभियान सञ्चालन गर्ने बताएका छन्।
गैर-आवसीय नेपाली फन्डको प्रयोग र लगानीका थप अवसर प्रवर्द्धन गर्न सहजीकरण गरिने पनि उल्लेख गरिएको छ।
सरकारले गैर-आवसीय नेपालीका सन्तानलाई पुर्खौंली थलोमा भ्रमण गर्न पनि आह्वान गरेको छ।