सरकारले सुर्खेतको भेरीगंगालाई पहाडको आधुनिक सहर बनाउन गुरूयोजन तर्जुमा गरिने बताएको छ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वष २०८१/८२ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन्।
उनले गोदावरी, तारकेश्वर, नार्गाजुन चाँगुनारायण, भक्तपुर नगरपालिकामा जग्गा विकास गरिने पनि बताएका छन्।
त्यस्तै काठमाडौं उत्तर-पूर्व क्षेत्रमा नयाँ नगर निर्माण कार्य गघि बढाइने भएको छ। डोटी र सिलगढीलाई सांस्कृतिक सहरको रूपमा स्थापित गरिने सरकारको योजना छ।